३ कार्तिक २०८३, मंगलबार

एसपीपी सम्झौताबारे नेपाली सेनाले के भन्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । नेपाली सेनाले नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन नसक्ने स्पष्ट पारेको छ ।

अमेरिकासँग एसपीपी सम्बन्धी सम्झौताबारे आएका समाचारप्रति सेनाले ध्यानाकर्षण भएको जनाउँदै त्यस किमिसका कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराइन्छ ।’

यस्तो छ सेनाको विज्ञप्तिः