३ कार्तिक २०८३, मंगलबार

१६ किलो गाँजासहित हेटौंडाबाट तीन जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १ असार । प्रहरीले १६ किलो गाँजासहित मकवानपुरको हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १६५६ को माइक्रो बसलाई चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा-१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् ।