
काठमाडौँ, १ असार । राष्ट्रघाती सम्झौता हुनसक्ने आशंका भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न ९ दलले माग गरेका छन् ।
नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत कम्युनिष्ट दलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भ्रमण रद्द गर्न माग गरेका छन् ।
राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ ।
विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ ।















प्रतिक्रिया