
काठमाडौँ, १ असार । शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा सधैँ विवादमा तानिने गर्छन् ।
चाहे त्यो नैतिक रुपमा प्रश्न उठेका मन्त्रीलाई बचाउ गर्नेदेखि नातावाद कृपावाद गरेका कुराहरु उल्लेख छन् ।
यसैबीच पछिल्लो समय प्रधानमन्त्री बनेका देउवालाई अहिले पनि अप्ठ्यारो बनाइएको छ ।
उनी सत्तामा भएका बखत उनको ससुरालीतर्फकाहरु भने आर्थिक फाइदा लिन सक्रिय छन् ।
प्रधानमन्त्री देउवा पत्नी आरजु राणामाथि युवा संघले इम्बोस्ड नम्बर प्लेटमा आर्थिक चलखेलको आरोप लागिसकेको छ ।
त्यही क्रममा देउवा पत्नी डा. आर्जु राणाको भाइ भूषण राणाले पछिल्लो समय विदेशी रक्सी भित्र्याउन लाइसेन्स सुचारु गर्न सफल भएका छन् ।
देशमा अहिले विदेशी रक्सी भित्राउन लाइसेन्स बन्द गरिएको छ । विदेशी मुद्रा सुरक्षाका लागि भन्दै विलासी वस्तुमा सरकारले कडाई गरेको छ ।
तर, भुषणले शक्ति प्रयोग गरेर दर्ता गरेर देखाइदिएका छन् । उनले यो निर्णय क्याविनेटबाटै गराउन सफल भएका छन् ।
मोटो कमिशन लिएर भुषण राणाले १९ जेठको मन्त्रिस्तरीय निर्णय गरेर ग्रीन लाइन वेयर हाउसलाई विदेशी रक्सी ल्याउन अनुमती दिने गरी लाइसेन्स नै जारी गरिदिएको खुलासा भएको छ ।
लाइसेन्स खुलाएबापत विशेष स्रोतका अनुसार ग्रीन लाइनबाट उनले मोटो कमिशन हात पारेका छन् ।
पछिल्लो समय राजनीतिक नियुक्ति, कर्मचारी सरुवा बढुवा लगायत कार्यमा भुषणकै बोलवाला रहेको बताइन्छ ।















प्रतिक्रिया