३ कार्तिक २०८३, मंगलबार

एमसीसी पारित गर्नुको प्रभावी देखिँदैछ : लिङ्देन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेपछिको प्रभाव देखिन थालेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले एमसीसी पारित गरेपछिका प्रभाव देखिन थालेको बताएका हुन् ।

सरकारले तत्कालिन समयमा बहुमतको आडमा जबरजस्ति एमसीसी अनुमोदन गरेको स्मरण गर्दै लिङ्देनले त्यसपछिको प्रभाव देखिन सुरू गरेको बताए ।

‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदैछैन भन्ने जनमानसको आशंका थियो,’ लिङ्देनले भने, ‘सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज एमसीसीले ल्याउने रहेछ ।’

एमसीसीपछि अहिले एसपीपी आएको र यसपछि पनि अन्य सम्झौता आउन सक्ने संका गर्दै लिङ्देन भन्छन्, ‘विगतका गल्तीहरू सरकारले किन लगातार दोहोर्याइरहेको छ ।’ देशमा कुनै पनि संकट आउन नदिने गरी सरकार बस्नुपर्नेमा विवादास्पद र अफ्ठ्यारो पार्ने गरी किन अघि बढ्छ भन्दै लिङ्देनले सरकारलाई प्रश्न समेत गरे ।