३ कार्तिक २०८३, मंगलबार

सातै प्रदेशले बजेट ल्याउँदै, कस्को प्राथमिकता केमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट आज सार्वजनिक गर्दैछन् ।

संवैधानिक प्रावधानअनुसार संघ सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट पेश गर्नुपर्ने हुन्छ ।

यसैका आधारमा प्रदेश सरकारले बजेट पेश गर्न लागेका हुन् ।

सातै प्रदेशले नीति तथा कार्यक्रम पेश गरिसकेका छन् ।

प्रदेश सरकारले आफ्नै आवश्यकताअनुसार बजेट ल्याउने छन् । जसमा खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबै सरकारको साझा विषय हुनेछ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् ।