
काठमाडौँ, १ असार । आज प्रतिनिधिसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट पारित गर्ने तयारी छ ।
विहान ११ बजेका लागि बोलाइएको बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्षमा सरकारी ढुकुटीबाट खर्च गर्ने बाटो खुल्दछ ।
गत असार १५ गते अर्थमन्त्री शर्माले १७ खर्ब, ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । तर असम्बन्धित व्यक्तिबाट बजेटको कर दररेट हेरेफेर गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै मंगलबार संसद बैठक अवरुद्ध गरेको थियो ।
एमाले सांसदहरुले मन्त्री शर्माले करका विषयमा उठेका सवाल तथ्यहिन भएको जवाफ दिए पनि चित्तबुझ्दो जवाफ नभएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।















प्रतिक्रिया