३ कार्तिक २०८३, मंगलबार

तनहुँ मासु व्यवसायी समिति, दमौलीमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ जेठ । बैंक अफ काठमाण्डू लिमिटेडको तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको सुरुवात भएको छ ।

मंगलबार एक औपचारीक कार्यक्रमका बिच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीबाट संयूक्त रुपमा सेवाको उद्घाटन भएको हो । तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ ।

उक्त औपचारिक शुभारम्भ कार्यक्रममा तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाहीले यस समितिद्वारा संचालित पसलहरुमा क्युआर कोडसुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर ब्यवसायीहरुलाई सहयोग गरेकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे । साथै, बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीहरुलाई ब्यवसाय बिस्तारमा बैंकले सहयोग गर्ने अपेक्षा उक्त समितिले लिएको जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधै प्रतिबद्ध रहेको जानकारी दिए । साथै, स्थानीय स्तरका व्यवसायी समितिहरु संगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिए ।

यस बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।