
काठमाडौँ, ३१ जेठ । नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको जनाएको छ ।
दूतावासले कुनै देशबाट यो कार्यक्रमको माग भएमा सम्बोधन गर्ने जनाएको छ ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे नेपालका विपक्षीसँगै सत्तारुढ दलहरुले प्रश्न उठाएपछि अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हो ।
दूतावासले भनेको छ, ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ ।’
















प्रतिक्रिया