३ कार्तिक २०८३, मंगलबार

मन्त्री विमलालाई बर्खास्त गर्न एमाले लुम्बिनीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ३१ जेठ । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीको बर्खास्तीको माग गरेको छ ।

सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहारमा उत्रिँदासमेत मुख्यमन्त्री तथा सरकार जवाफविहीन भएको भन्दै एमाले लुम्बिनी संसदीय दलका उपनेता तथा पूर्व मन्त्री वैजनाथ चौधरीले विमलाको बर्खास्तीको माग गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली आफ्नो पिएओसहित परपुरुषको घरमा गएर उनको श्रीमती र परिवारलाई कुटपिट गर्ने, समान तोडफोड गर्ने प्रमाणसहितका विषय बाहिर आउँदासमेत मुख्यमन्त्रीसहितका मन्त्रीहरू चुप लागेर बस्नु लज्जाको विषय भएको चौधरीको भनाइ छ ।

‘नैतिकताको कुनै पनि आधार भए तत्काल मुख्यमन्त्रीले बर्खास्त गरेर अरू छानबिनको प्रक्रिया अघि बढाउनुपर्दछ, अब त लुम्बिनीको सांसद, मन्त्री भन्न पनि लाज हुने अवस्था भयो, यस्तो अवस्थामा पनि किन सरकार चुप लागेको छ‘, उनले भने ।