३ कार्तिक २०८३, मंगलबार

बालुवाटारमा धौडधुप, देउवा, प्रचण्ड र माधवबीच के भयो कुराकानी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच करिब सवा घण्टा वार्ता भएको छ । यसअघि आइतबार साँझ पनि एकीककृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

नेपालले प्रधानमन्त्रीसँग विशेषगरी मन्त्री हेरफेरको विषयलाई जोड दिइएको बताइएको छ । त्यस्तै, आफ्नो अस्तित्व जोगाउनका लागि सत्ता गठबन्धनलाई निरन्तरता दिनेबारे जोड दिइएको बताइएको छ ।

उता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो कुराकानी गरेका थिए ।

त्यस्तै, आज प्रधानमन्त्री देउवासँग लोसपाका महन्थ ठाकुर राजेन्द्र महतोले पनि भेटवार्ता गरेका छन् ।

लोसपा सरकारमा जाने कसरतमा लागेको बताइन्छ । त्यस्तै, आजै जसपाका डा. बाबुराम भट्टराईले पनि देउवालाई भेटेका थिए ।