
काठमाडौँ, ३० जेठ । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ ।
कम्पनीले एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ सेमिनार सम्पन्न गरेको हो । बागमती प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए ।
कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु. सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ्ग प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ्गको अतिथ्य रहेको थियो । उक्त कार्यक्रममा जीवन बीमाको अभिन्न अङ्गको रुपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।
कार्यक्रममा २०२३ को एमडीआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमा शुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै देशैभरीबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो ।

लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितिय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतिय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले “मेरो पहिलो पोलिसी”अभियान सुरु गरेको छ ।
जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने कामनासहित नयाँ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।
बागमती प्रदेश प्रमुख शुशिल चापागाईं, वरिष्ठ सहायक महाप्रबन्धक ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ्ग सम्बन्धि तालिमहरु दिएका थिए । प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कुनै पनि व्यवसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपूर्ण मन्त्र रहेको कुरा जानकारी गराए ।
कार्यक्रमबाट आफूले गरिरहेको भन्दा पृथक मार्केटिङ्ग टेक्निक र ज्ञान हासिल गरेको र यसले आगामी दिनमा व्यवसाय वृद्धिको लागि थप उर्जा र उत्साह मिलेको कुरा उपस्थित अभिकर्ताहरुले बताए ।















प्रतिक्रिया