– कमलराज भट्ट / समाचार टिप्पणी
काठमाडौं, १८ वैशाख । शनिवार नेपालमा आएको महाभूकम्पले जनधनको ठूलो क्षति गरेको छ । विश्वलाई नै यो विपत्तिले स्तब्ध बनाएको छ ।
विपत्तिमा परेको बेला सहयोगका हातहरु धेरै हुने गर्छन् । जून नेपालको महाभूकम्पपछि विपत्तिमा पनि लागू भएको छ । नेपालको सबैभन्दा नजिकको छिमेकी देश भनेको भारत र चीन हुन् । त्यसमा पनि खुल्ला सीमानाका कारण भारत अझै नजिकको छिमेकी हो ।
भारतीय हेलिकप्टरमा एक/एकजना फोटोग्राफर, भिडियोग्राफर, पत्रकार र जासुसी संस्था ‘र’ का व्यक्ति हुन्छन् । विभिन्न जिल्लामा पुगेर भारतीय मिडियाले देखाउँछन् । घाइतेको उद्दार गर्ने भन्दा पनि हल्लाखल्ला गर्ने र नकारात्मक सन्देश लैजाने काम भएको छ ।
महाभूकम्पपछि आएको विपत्तिमा उद्धार तथा राहत सामग्री दिने नेपालका थुप्रै छिमेकी देशहरु छन् । जसमध्ये अहिले भारतले सबैभन्दा बढी सहयोग गरेको बताउँदै आएको छ । र, विभिन्न देशका राष्ट्रप्रमुखले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा समेत गरिरहेका छन् । भारत जसरी नेपालमा राहत तथा उद्दार सहयोग गरिरहेको छ । त्यसरी नै छिमेकी राष्ट्र चीन पनि सहयोग गर्न चाहन्छ । तर, नेपाल सरकारले त्यसो हुन दिएको छैन् । खुल्ला सीमानाका कारण भारतले उद्धार तथा राहतमा खटिन नेपाल सरकारको अनुमति लिनु परेन् । उसले विपतको बेला भन्दै आफ्ना देशका सुरक्षाकर्मी समेत नेपालको राजधानी काठमाडौंमा परिचालन गरेको छ । चीनसँग नेपालको खुल्ला सीमाना छैन् । उसले उद्धार र राहत सहयोगका लागि नेपाल सरकारसँग अनुमति मागेको माग्यै छ । तर नेपाल सरकारले अहिलेसम्म जवाफ फर्काएको छैन् ।
स्रोतका अनुसार, सार्वजनिक रुपमा भारत र चीनबीच प्रतिस्पर्धा देखिएपनि भित्रभित्रै द्वन्द्वको अवस्था रहेको देखिन्छ । जसका कारण चीनलाई देखाउन समेत भारतले नेपालका सबै क्षेत्रमा आफ्नो प्रभाव जमाएको छ । भारत रिसाउने भयका कारण नेपालले अहिलेसम्म चीनलाई अनुमति नदिएको स्रोतको दाबी छ ।
भर्खरै मात्र चीनले नेपाललाई भूकम्प पीडितको उद्धारका ८ वटा हेलिकोप्टर उपलब्ध गराउन इच्छुक रहेको भनेर पत्र पठाएको थियो । त्यो पत्र पठाएको एक हप्ता वित्न लाग्दा समेत नेपाल सरकारले जवाफ नफर्काएको गृह मन्त्रालय स्रोतले बतायो । अर्काेतर्फ, नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल भारतका विमानले भरिएपछि ठाउँ नभएका कारण चीनले अनुमति नपाएको बुझिएको छ । नेपाल सरकारको अनुमति नपाएर पनि चीनका केही उद्दार टोली स्काभेटर लगाएर नेपालीलाई जीवितै उद्दार गरिरहेका छन् ।
भारतबाट १८० जना र चीनबाट १ सय १९ जनाको उद्दार टोली नेपालमा आएका छन् । छिमेकी भारतले भूकम्पबाट पीडितको उद्धारको लागि इन्डियन एअरफोर्सका चारवटा ६ वटा एमआइ १७, हेलिकोप्टर, ६ वटा थ्री एलएच ध्रुव विमानसहित विशेष कार्यदल नेपाल पठाएको छ। भारतले जताततै प्रभाव जमाएपनि चीनले सहज सरकारी पहुँच पाएको छैन । ‘उद्दारका लागि भन्दै भारतले विमानस्थलमै कब्जा जमाएको छ, तर ठूला ठूला हेलिकप्टर ल्याएपनि उसको उद्दार प्रभावकारी देखिएको छैन । कार्गिल र काश्मिरका युद्धमा सिपाही बोकेर पुग्ने भारतीय हेलिकप्टरका पाइलट नेपालमा भने बादल देख्नासाथ त्यसै फर्कन्छ,’ सरकारका एक मन्त्रीले दैनिक नेपालसँग भने, ‘भारतको रवैया उद्दार गर्ने भन्दा पनि हल्लाखल्ला गर्नेमा देखिएको छ । भारतीय हेलिकप्टरमा एक/एकजना फोटोग्राफर, भिडियोग्राफर, पत्रकार र जासुसी संस्था ‘र’ का व्यक्ति हुन्छन् । विभिन्न जिल्लामा पुगेर भारतीय मिडियाले देखाउँछन् । घाइतेको उद्दार गर्ने भन्दा पनि हल्लाखल्ला गर्ने र नकारात्मक सन्देश लैजाने काम भएको छ ।’
उनका अनुसार, अन्य देशबाट आएका टोली भने चुपचाप उद्दारमा लागेका छन् । तर, भारतले भने नेपाललाई होच्याउने गरी गलत सन्देश प्रवाह गरिरहेको छ । यसअघि चीनले नेपालका भूकम्प पीडितको उद्दारका लागि भन्दै डेढ दर्जन साना हेलिकप्टर तिब्बतमा तयारी अवस्थामा राखेको जनाएको थियो । ती हेलिकप्टरबाट आफू एक्लैले एक हप्ताभित्र सबै उद्दार गरिसक्ने चीनले बताएको थियो । ‘भारतको उद्दार कार्य प्रभावकारी देखिएको छैन, चीनले एक्सिस नै पाएको छैन ।’– ती मन्त्रीले भने । अझ भारतीय सैनिकले राहत र उद्धारका नाममा नेपालसँग जोडिएको चीनको सीमाक्षेत्रमा हेलिकोप्टर उडाएको पाइएपछि चीनले त्यसमा कडा आपत्ति जनाइरहेको छ ।
चीन र भारत नेपालका नजिकका छिमेकी हुन् । दुबै नेपालमा परेको विपत्तिमा सहयोग गर्नु कर्तव्य हो । भनिन्छ, छिमेकी भनेको जिउँदाको जन्ती मर्दाको मलामी हो । त्यसैअनुसार भारतसँगै चीनलाई पनि नेपालमा सहयोग गर्न दिएर कर्तव्य पूरा गर्न दिनुपर्छ । नेपालको यो विपत्तिको बेला भारतले नेपालमा खटाएका केही हेलिकोप्टरमा आफ्ना जासुसी समेत परिचालन गरेको पाइएको छ । तर, सरकारी अधिकारीहरु भने यसमा मौन छन् ।
अहिलेको यस विपत्तिको घडीमा सबैले सहयोग गर्न पाउनुपर्छ । कुनै एक देशको मात्रै दबदबा हुनुहुदैन् । किनकी सबै देश नेपाल छिमेकी हुन् । यो कुरामा नेपाल सरकारले गम्भीरतापूर्वक सोच्नुपर्छ ।
प्रश्न भारतको मात्रै होइन्, भूकम्प पीडितको उद्दारका लागि आएका केही विदेशी टोली उद्दार भन्दा पनि अन्य प्रकृतिका काममा लागेको पाइएको छ । गलत कार्यमा लागेको थाहा पाएपछि उनीहरुलाई आफ्नो देश फर्किन सरकारले आग्रह गरिसकेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिएका छन् ।
कोल्पाप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू (सीएसएसआर) टोली भनेर नेपाल आएका तर मृतकको शव झिक्न तथा जीवितहरुको उद्दार गर्न नसक्ने विदेशी टोलीलाई तत्काल आ–आफ्नो देश फर्कन सरकारले आग्रह गरेको हो । अहिले नेपालमा १२ वटा देशका उद्दार टोली छन् । तर, चीन, भारत र फ्रान्सका बाहेक अन्यको भूमिका फितलो छ ।
यो पनि पढ्नुहोस्:
प्रधानमन्त्री कोइराला किन पुगे अकस्मात बिमानस्थल ?
















प्रतिक्रिया