२९ आश्विन २०८३, बिहिबार

यो वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने, कहाँबाट भित्रिन्छ मनसुन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो ।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । हाल यस वर्षको मनसुन प्रणाली २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ, ‘नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’

नेपालमा मनसुन बंगालको खाडीबाट आउने धेरैले भन्ने गरेका छन् तर यो शतप्रतिशत सही होइन । बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन । बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ ।

भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरु हुन्छ, नेपाल आइपुग्ने मनसुन । त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ । पूर्वी अफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावा’bout बुझ्नुपर्छ ।

भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ । उत्तरी र दक्षिणी गोलाद्र्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ । त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ । दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए । एउटा ध्रुवमा तीनवटासम्म यस्ता जेट स्ट्रिम हुन्छन् । जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन् । मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरकफरक भइरहन्छ ।

दुवै ध्रुवनजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ । ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ । चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन् । जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलाद्र्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर नयाँ जेट स्ट्रिम बन्छ ।

जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालियानजिक हुन्छ । ‘सोमालियानजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ उनले भनिन्, ‘सोमालियाबाट उत्तरपूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ ।’ आजको राजधानी दैनिकमा सविन शर्माले समाचार लेखेका छन् ।