– रवि रोषी
दोहा, कतार । गैर आवासीय नेपाली संघ एनआरएन कतारका सल्लाहकार तथा व्यवसायी आर के शर्माद्धारा भुकम्पीय विपत्तिमा परेका नेपालीहरुको लागि ३ लाख ५१ हजार रुपैयाँ राहत सहयोग पठाउनुभएको छ ।
गैर आवासीय नेपाली संघ काठमाडौंको सानिमा बैंक लिमिटेडको प्रधान कार्यालयमा रहेको गैर आवासीय नेपाली संघको आकस्मिक खातामा उहाँले सो रकम विहीबार नेपाल पठाउनुभएको हो ।
पुरा देशवासीलाई परेको यस दैवी विपदको घडीमा एनआरएनले चलाएको विश्वव्यापी अभियानमा आफुले पनि सहयोग गर्नु एक नागरिक हुनुको दायित्व भएको बताउनुभयो ।
यसको अलावा पनि शर्माले नेपालका विभिन्न मठ मन्दिर, शिक्षा, स्वास्थ्य तथा सीमान्तकृत चेपाङ बालबालिकाहरुको शिक्षादीक्षा तथा खाद्यान्न जस्ता आवश्यक सामग्रीहरु पनि प्रदान गर्दै आउनुभएको छ ।
















प्रतिक्रिया