
काठमाडौं, २१ जेठ । असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ ।
खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि अहिले कृषक सडकमा उत्रिएर सरकारलाई दबाब दिन थालेका छन् ।
मल खोज्न जाँदा बजारमा नभेटिएको र धान रोपाइँ र मकैबालीमा हाल्नुपर्ने रासायनिक मल अभाव भएपछि अहिले काठमाडौं उपत्यकालगायत वरिपरि जिल्लाका किसान काँधमा हलो–जुवा र हातमा धानको बिउका मुठासहितका कृषिजन्य सामान बोकेर सडक प्रदर्शनमा उत्रिएका छन् ।
धान रोपाइँको सिजन सुरु भइसक्दा पनि अझै मल नपाएपछि सरकारलाई दबाब दिन नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी किसान संघले शुक्रबार काठमाडौमा निकालेको दबाब -यालीमा सहभागी किसान काँधमा हलो–जुवा र हातमा धानको बिउका मुठासहितका कृषिजन्य सामान बोकेर सडक प्रदर्शनमा उत्रिएका हुन् ।
यस प्रदर्शनमा सयौं किसानलाई सडकमा उतारेर नेपाल क्रान्तिकारी किसान संघले खेती लगाउन तुरुन्त रासायनिक मल उपलब्ध गराउन माग गरेको थियो । किसानहरूले असारे धान रोप्न खेत तयार भइसक्दा पनि अझै आवश्यक मल नपाएपछि सडकमा उत्रिएर यस्तो प्रदर्शन गरेका हुन्, आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।













प्रतिक्रिया