१४ कार्तिक २०८३, शनिबार

भूकम्प आउँदैछ भनेर हल्ला गर्ने राजेन्द्र पक्राउ, हल्लाको पछाडि नलाग्न प्रहरीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTकाठमाडौँ, १७ वैशाख । महाभूकम्प आउँदैछ भनेर गलत हल्ला गर्दै हिड्ने ललितपुरका राजेन्द्र खड्गी पक्राउ परेका छन् । प्रहरीले आज साँझ खड्गीलाई ललितपुर मङ्गलबजारबाट पक्राउ गरेको हो ।

नक्कली कपाल हालेर भूकम्प आउँदैछ भन्दै उनी ललितपुरका विभिन्न स्थानमा हल्ला गर्दै हिडेका थिए । यस्तै प्रहरीले यस्ता गलत हल्लाको पछाडि नलाग्न आग्रह पनि गरेको छ ।

भूकम्प कुन समयमा आउँछ भन्ने बारेमा हालसम्म वैज्ञानिक रुपमा प्रमाणित नभएको भन्दै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक कमल सिंह बमले गलत हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो ।

प्रहरीले गलत प्रचार गर्दै हिड्ने व्यक्ति देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ । आज साँझ राजधानीका विभिन्न स्थानमा भूकम्प आउँदैछ भन्ने हल्ला फैलिएपछि घरभित्र रहेका नागरिक घरबाहिर निस्केका थिए ।

भूकम्पबाट बचेका घर तथा आवासस्थलमा फर्केका काठमाडौँबासी हल्ला फैलिएपछि पुनः सडक तथा खुला स्थानमा फर्केका थिए । रासस