५ कार्तिक २०८३, बिहिबार

सर्वोच्चको आदेशलाई संसदीय समितिको काउन्टर: निजगढ विमानस्थलको निर्माण अघि बढाउन निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । संसदीय समितिले सर्वोच्च अदालतको फैसलालाई काउन्टर दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन निर्देशन दिएको छ ।

समितिले सर्वोच्चको फैसलालाई काउन्टर दिँदै विमानस्थलको निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको हो ।

समितिको आज बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य अघि बढाउन भनेको हो ।

सर्वोच्च अदालतले गत बिहीबार वातावरणीय कारण देखाउँदै निजगढ विमानस्थल निर्माण रोक्न आदेश दिएको थियो ।