
काठमाडौँ, १६ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५०.३३ अंकले घटेको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।
आजको दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।















प्रतिक्रिया