३० आश्विन २०८३, शुक्रबार

सिँचाईका लागि जुटपानीमा डिप बोरिङ सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deep-boring– शिशिर सिंखडा
चितवन, १७ वैशाख । सिँचाई र खानेपानी आपूर्तिको लागि पूर्वी चितवनको जुटपानीमा डिप बोरिङ निर्माणको काम सुरु गरिएको छ । चितवन क्षेत्र नं. २ का सभाषद् शेषनाथ अधिकारीले शिलान्यास गरेपछि आजैबाट निर्माणको काम सूरु भएको हो ।

ग्रिनल्याण्ड सिँचाई उपभोक्ता समिति जुटपानी-३ गैडेखोलामा २० लाखको लागतमा डिप बोरिङ निर्माण सुरु गरिएको समितिका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो । सो डिप बोरिङबाट ६० विगाहा जग्गामा सिँचाई गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

सभाषद् अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको १६ लाख ६६ हजार रुपैया र स्थानीयको ४ लाखको लगायतमा वोरिङ सम्पन्न गरिने समितिका उपाध्यक्ष वलबहादुर सिंजालीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस जुटपानीका सभापति कृष्णबहादुर घिमिरे, वेलपत्र जल उपभोक्ता संस्थाका रामबावु घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।