२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितका लागि मेगा बैंकले खोल्यो राहत कोष, सेवामा विशेष छुट सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mega-bankकाठमाडौं, १७ वैशाख । मेगा बैंक नेपाल लिमिटेडले महाभूकम्प पीडित नेपालीका लागि राहत कोष स्थापना गरेको छ ।

महाभूकम्प पीडितहरुलाई तत्काल राहत पु¥याउने उद्देश्यले ‘मेगा अर्थक्वेक ग्रान्ट अकाउन्ट’ (मेगा) नामक चल्ती खाता स्थापना गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिनुभयो । यस खातामा जम्मा हुने सम्पूर्ण रकम भूकम्प पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्र्थापना, भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले खडा गरेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने सिइओ शाहले बताउनुभयो ।

बैंकले आफ्नो यस सहयोग अभियानमा सहभागी हुन बैंकका शेयरधनी, ग्राहकवर्ग तथा शुभेच्छुकहरुलाई अपिल गरेको छ । राहत रकम आफूलाई पायक पर्ने स्थानमा मेगा बैंकका कुनै पनि शाखाहरुमा खाता नम्बर ००१००१०२८६५९१ ‘डी’ मा स्वेच्छिक रुपमा रकम जम्मा गर्न सकिने बताइएको छ ।

गत शनिबार आएको महाभूकम्पले मुलुकभरनै मानवीय तथा भौतिक रुपमा गरेको अपुरणीय क्षतिप्रति मेगा बैंकले गहिरो दःख समेत प्रकट गरेको छ । महाभूकम्पबाट मेगा बैंक समेत प्रभावित भएको छ । काठमाडौँको टेकु शाखा, सिन्धुपाल्चोक जिल्लाको चौतारा शाखा र रसुवा जिल्लाको स्याफ्रूबेसी शाखा संचालन गर्ने अवस्थामा नरहेको बैंकले जनाएको छ । तर, ती शाखाहरुमा एटीम सेवा भने संचालनमा रहेको छ । तीन वटा बाहेक अन्य शाखा भने यथावत रुपमा संचालन रहेको बैंकले जनाएको छ ।

यसैगरी, महाभूकम्पका बेला सर्वसाधारणलाई राहत मिलोस भन्ने उद्देश्यले बैंकले आगामी एक महिनाभित्र विशेष छुट तथा सुविधा समेत उपलब्ध गराउने भएको छ । देशभित्र गरिने १ लाखसम्मको रेमिट्यान्स कारोबार पूर्णरुपमा निःशुल्क गरिएको छ भने मेगा बैंकको एटीएमहरुबाट नेपाली रुपैयाँमा जारी गरिएको एटीएम कार्ड प्रयोग गरी नगद भुक्तानी लिएको कारोबार शुल्कमा पूर्णरुपमा छुट गरिएको छ ।

यसका साथै, नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी स्थापना गरिएका कुनै पनि खातामा हुने कारोबारको शुल्कमा सदैव पूर्ण रुपमा छुट प्रदान गरिने मेगा बैंकले जनाएको छ ।