६ कार्तिक २०८३, शुक्रबार

जोमसोम टावरसँग सम्पर्क भएर पनि कसरी वेपत्ता भयो तारा एयर?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ। वेपत्ता भएको ताराको ट्वीनेटर जहाजको सम्पर्क जोमसोम टावरसँग भएको खुलेको छ। तीन मिनेट अघि मात्र जोमसोममा अवतरण गर्नेगरी उडान भरेका समिट एयरका क्याप्टेनले तारा एयरको सम्पर्क भएको खुलाएका छन्।

समिट एयरका क्याप्टेन अभिनन्दन खड्काले उडानका क्रममा पनि तारा एयरका क्याप्टेन प्रभाकर घिमिरेसँग कुराकानी भएको जानकारीका विवरण मिडियामा आएका छन्।

जहाज उड्ने मौसम सफा रहेका कारणले पनि अवतरण हुने भएकाले उडान भएको थियो। समिट एयरले सहज अवतरण गरे पनि जोमसोम टावरसँग सम्पर्क गरेका ताराका प्रभाकर घिमिरे नेतृत्वमा उडान गरेको जहाज किन अवतरण भएन भन्ने विषयमा अलमलमा परेको खड्काको धारणा सार्वजनिक भएको छ।

खड्काका अनुसार घिमिरेले जोमसोम टावरसँग त्यहाँको मौसमको जानकारी पनि माग गरेका थिए। तर कसरी विमान अवतरण भएन र वेपत्ता भयो भन्नेचाहिँ अहिलेसम्म खुलीसकेको छैन।