३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई शाईन रेसुङ्गा बैंकको तीनलाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shine Resunga Development Bankगुल्मी, १७ वैशाख । भूकम्प पीडितहरुको राहतका लागि शाईन रेसुङ्गा डेभलपमेण्ट बैंकले नगद तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोग संकलन समिति गुल्मीको खाता समेत उक्त रकमबाट आफ्नै बैंकमा खोलिदिएको छ ।

बैंकले २ लाख ५० हजार बैंक मार्फत र ५० हजार नेपाल रेडक्रस सोसाईटी शाखा गुल्मी मार्फत तीनलाख सहयोग गरेको हो । आज एक समारोहका बीच बैंकका सञ्चालकहरु राजेन्द्रप्रसाद श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, डिल्लीराज भुसाल लगायतले जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे र स्थानीय विकास अधिकारी डिलाराम पन्थी मार्फत उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकका सञ्चालक राजेन्द्र प्रसाद श्रेष्ठका अनुसार यहाँका पीडितहरुलाई उक्त बैकले थप सहयोगका बारेमा पनि योजना बनाएको छ । बैकका प्रबन्धक लालमणी पन्थीका अनुसार गुल्मीका भूकम्प पीडितलाई सहयोग संकलनका लागि ००८००१०००८९४३९०००००१ नम्वरको खाता खोलिएको छ ।