काठमाडौँ, १७ वैशाख । यही शनिबार र आइतबार गएको विनाशकारी भूकम्पबाट हालसम्म पाँच हजार ४८९ जनाले ज्यान गुमाएका छन् ।
केहीबेर अगाडिसम्म प्राप्त सूचनाअनुसार १० हजार ९६५ जना घाइते भएको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्र(एनओइसी)ले जनाएको छ । सो अवधिमा १० हजार १३६ सरकारी घर पूर्णरुपमा क्षति भएका छन् । त्यसैगरी १३ हजार ३२६ सरकारी घर आंशिक रुपमा क्षतिमा परेका छन् ।
त्यसैगरी एक लाख २४ हजार ७२८ सर्वसाधारणका घर पूर्ण रुपमा क्षति भएको छ भने ७९ हजार ६४५ घरमा आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ । उद्धार जारी राखिएको र सूचना सङ्कलन भइरहेको छ । रासस













प्रतिक्रिया