७ कार्तिक २०८३, शनिबार

‘नाबालिग बलात्कारमा हदम्याद हटाइयोस्, मतियारलाई पनि कारबाही होस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले नाबालिग बलात्कार सम्बन्धी अपराधमा हदम्यादको प्रावधान हटाउनुपर्ने बताएकी छिन् ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा उनले भनिन्, ‘बलात्कारमा परेपछि मानसिक र शारीरिक पीडामा गुज्रिनुपर्ने भएकाले बोल्न समय लाग्छ, त्यस कारण नाबालिग बलात्कारको हकमा हदम्याद हटाइयोस् ।’

कानूनमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधान छ । ३६५ दिनभित्र अनुसन्धान हुने तर ३६६ दिनपछि कानूनै नलाग्ने प्रावधान व्यावहारिक नभएको सांसद पौड्यालले बताइन् । अध्यादेश ल्याएर वा तुरुन्तै ऐन संशोधन गरेर हदम्यादको प्रावधान हटाउनुपर्नेमा उनले जोड दिइन् ।

आठ वर्ष पहिले सौन्दर्य प्रतियोगिता आयोजकले बलात्कार गरेको अपराधमा मतियारलाई पनि कानूनी कारबाही हुनुपर्नेमा सांसद पौड्यालले बताइन् । पीडित युवतीले त्यति वेलै चर्चित व्यक्तिलाई यो घटनाबारे जानकारी गराइसकेको तर उनले कानूनी उपायका लागि सहयोग नगरेकाले कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

‘बलात्कार जस्तो अपराध लुकाउन सहयोग गर्ने मतियार जोसुकै भए पनि कारबाही हुनैपर्दछ,’ उनले भनिन् ।