७ कार्तिक २०८३, शनिबार

भरतपुरमा रेणु दाहाल ११ हजार ३७२ मतले अगाडि, उपमेयरमा चित्रसेन निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहालको फराकिलो मतान्तर कायमै छ ।

ताजा मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा दाहाल ११ हजार ३७२ मतले अगाडि छिन् । दाहालले ४६ हजार ८९९ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी सुवेदीले ३५ हजार ५२७ मत पाएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा २० हजारभन्दा धेरै मतले अगाडि छन् ।

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेकोमा चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् । अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी छ ।

गन्न बाँकी मत भन्दा उनले मतान्तर भएका कारण मत गणना नसकिदै उनी विजयी समेत बनिसकेका छन् ।