७ कार्तिक २०८३, शनिबार

सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ९ जेठ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धनलाई परास्त गर्दै एमालेका गुरागाईं र चौधरी निर्वाचित भएका हुन् ।

गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन् । गुरागाईंले २१ हजार ४०५ मत ल्याउँदा ढकालले २० हजार ६७८ मत पाए ।

उपमेयरमा चौधरी २२ हजार ४५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३०० मत ल्याए ।