१४ कार्तिक २०८३, शनिबार

सैनिक अस्पताल हिँडेका प्रधानमन्त्रीविरुद्ध बसन्तपुरमा गालीसहित नाराबाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-koirala-sena-hospital

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्न आज छाउनीस्थित बीरेन्द्र सैनिक अस्पताल पुग्नुभएको छ ।

शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी ल्याएका र अन्य घाइतेमध्ये ३६३ जनाको उपचार सो अस्पतालमा भइरहेको छ । प्रधानमन्त्री कोइरालाले घाइतेको अवस्था बुझ्दै “नआत्तिनुस्, धैर्य गर्नुस, राम्रो उपचार हुन्छ” भनी घाइतेप्रति सहानुभूति व्यक्त गर्नुभयो ।

सो क्रममा प्रधानसेनापति गौरवशम्शेर जवराले घाइतेको उद्धार तथा उपचारमा सेनाले गरिरहेका विभिन्न प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । विनाशकारी भूकम्पबाट काभ्रे, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लाबाट सेनाले हालसम्म उद्धार गरी ७११ घाइते ल्याएकामा त्यसमध्ये अहिले ३६३ जनाको सो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले हालसम्म दुई दर्जनभन्दा बढी घाइतेको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

भूकम्पबाट अस्पतालमा समेत केही क्षति भएकाले उद्धार गरी ल्याइएका सम्पूर्ण घाइतेको उपचार हाल अस्पताल परिसरमा टेन्टमा राखेर भइरहेको सहायक रथी ब्रजेन्द्र श्रीवास्तवले राससलाई जानकारी दिनुभयो । उद्धार गरी ल्याइएका घाइतेको उपचारका लागि नेपाली सेनाबाहेक इजरायल, भारत, चीनलगायतका मुलुकले पनि छुट्टै एकाइ स्थापना गरेको उहाँले बताउनुभयो ।

यसैबीच, प्रधानसेनापति गौरव शमशेर राणासहित बसन्तपुर क्षेत्र पुगेका प्रधानमन्त्रीलाई स्थानीयले अवरोध गर्दै उनीविरूद्ध नाराबाजी सहित गाली समेत छन् । बाहिर देशका प्रधानमन्त्री नेपाल आएर उद्दारमा खटिएका बेला नेपालका प्रधानमन्त्री सिंहदरबारमा बसिरहेको भन्दै स्थानीयले बाटोमै गाली सहित नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । रासस