
धनुषा, ६ जेठ । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिनुभयो ।
यसैगरी उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गर्नुभएको छ ।–रासस















प्रतिक्रिया