
काठमाडौँ, ६ जेठ । काभ्रेको पनौति नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ । कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयर पदमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम न्यौपानेले ११ हजार ७८३ मत पाए भने राप्रपाका शिव राम बस्नेतले ३२६ मत पाए । उपमेयरमा एमालेका गिता बन्जारा १२ हजार ३३७ मतसहित निर्वाचित भइन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका छवीलाल हुमागाईंले १० हजार ३८८ मत पाए ।















प्रतिक्रिया