६ कार्तिक २०८३, शुक्रबार

सिन्धुपाल्चोकको पाँचपोखरीमा एमालेका लामा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको हो।

अध्यक्षमा एमालेका टासी लामा विजयी भएका हुन्। उनले पाँच हजार ६०८ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका दोर्जे तामाङले चार हजार ४५ मत प्राप्त गरे। यस्तै राप्रपाका उदय सापकोटाले एक हजार ६९६ मत प्राप्त गरे।

उपाध्यक्षमा पाँच हजार ७२२ मतसहित एमालेकी सुनीता अधिकारी उपप्रमुख चुनिइन्। उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी गंगाकुमारी चापागाईँले चार हजार ३९३ मत प्राप्त गरिन्। राप्रपाकी कमला चापागाईँले एक हजार ४२७ मत ल्याइन्।