६ कार्तिक २०८३, शुक्रबार

धरानमा लौरो १ हजार ८८ मतले अगाडि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेखवार हर्कराज राईले १ हजार ८८ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका किशोर राईले १० हजार ३९२ मत पाउँदा हर्कराजले ११ हजार ४८० मत पाएका छन् ।

नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ८ हजार ४६८ मत पाएकी छिन् । शुक्रबार अहिले बिहान ८ः२५ सम्ममा धरानको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सकिएको छ भने वडा नं. ११ को २८०० मत, वडा नं. १३ को १६०० मत, १४ को १५०० र वडा नम्बर २० को १३१० मत गणना भएको छ ।