बुटवल, १७ जेठ । रूपन्देहीको दयानगर गाविस छपियामा सञ्चालित आइफोर्ड (सर्वाङ्गिण ग्रामीण विकासका लागि स्वाबलम्बी) संस्थाले प्रतिव्यक्ति एक रूपियाँ अभियानबाट एम्बुलेन्स खरिद गरेको छ ।
सरकारको राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्सका लागि साढे आठ लाखभन्दा बढी रकम स्थानीयवासीबाटै संकलन गरिएको सचिव भानु अधिकारीले बताउनुभयो ।
त्यस्तै सो संस्थाले दयानगर गाविसको समग्र विकासका लागि योजनासमेत बनाएको संस्थाका सहसचिव मञ्जिल सुवेदीले जानकारी दिनुभयो ।













प्रतिक्रिया