६ कार्तिक २०८३, शुक्रबार

विराटनगरको केराबारीमा प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ४ जेठ । मोरङको केराबारी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ। गाउँपालिका प्रमुखमा एमालेका सुमन मिरिङचिङ मगर र उपप्रमुखमा मनमाया मगर निर्वाचित भएका छन्।

बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार कांग्रेसलाई उम्मेदवारलाई पराजित गर्ने क्रममा एमालेका सुमनले ७८१० मत ल्याए। निकतम प्रतिस्पर्धी कांग्रेसका रोहितबहादुर कार्कीले ६३९० मत मात्रै प्राप्त गरे। सुमन र रोहितको मतान्तर १४२० रहेको छ।

उपप्रमुखमा विजयी मनमायाले ७२६७ मत पाइन्। निकटतम प्रतिस्पर्धी कांग्रेसकी शुभद्रा राईले ६४२८ मत मात्रै ल्याइन्। मनमाया र शुभद्राको मतान्तर ८३९ रहेको छ।