६ कार्तिक २०८३, शुक्रबार

बर्दियाको बाँसगढी नगरपालिकामा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई तोड्दै बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको छ । मेयरमा एमालेका केन्द्रीय सदस्य खडकबहादुर खड्का १० हजार ९४७ मत ल्याएर विजयी भएका छन् ।

खड्काले माओवादी केन्द्रका भुवनकुमार थारुलाई एक हजार १८४ मतान्तरले पराजित गरेका हुन् । प्रतिस्पर्धी थारुले ९ हजार ७६३ मत पाएका छन् ।

त्यस्तै उपमेयर विजयी इन्दिरा चौधरीले नेपाली कांग्रेसकी सोमती थारु खड्कालाई २ हजार ५२३ मतान्तरले पराजित गरेकी हुन् । चौधरीले ११ हजार ३५ मत ल्याउँदा थारुले ८ हजार ५१२ मत ल्याइन् ।

.