
विराटनगर, ४ जेठ। मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् ।
चौधरी ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका उम्मेदवार किशोरकुमार पाण्डेले ३ हजार ५३७ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी ५ हजार ८४८ मतसहित विजयी भइन् । कांग्रेस उम्मेदवार मञ्जिताकुमारी सरदारले ५ हजार ७०५ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी उम्मेदवार पुजनदेवी सरदारले ३ हजार ६६६ मत प्राप्त गरिन् ।















प्रतिक्रिया