
विराटनगर, ४ जेठ । मोरङको लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । लेटाङमा एमालेका भूपेन्द्रकुमार लावती २०२२७ मत ल्याई विजयी भएका हुन् । उप–प्रमुखमा कृष्णकुमारी पोखरेलको पक्षमा ९४६० मत खसेको छ ।
प्रमुख पदका प्रत्यासी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८१०५ र उपप्रमुखमा नेकपा माओवादीका कृष्णप्रसाद लम्सालले ४९५० मत ल्याएका छन् । केराबारी गाउँपालिकामा अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर विजयी भएका छन् । उनले ७८१० मत प्राप्त गरेका छन् । निकटत प्रतिस्पर्धी कांग्रेसका रोहित कार्कीले ६३९० मत प्राप्त गरे ।















प्रतिक्रिया