६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ अपडेट: बालेनको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ४१ हजार १०८ मत गन्दा बालेनले १६ हजार ५२ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका केशव स्थापितले ८ हजार ३४५ मत पाएका छन् । स्थापितभन्दा बालेनले ७ हजार ७०७ मत बढी ल्याएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत ल्याएकी छन् । बालेनले सिंहको भन्दा ८ हजार ५४१ मत बढी ल्याएका छन् ।