६ कार्तिक २०८३, शुक्रबार

धनुषाको विदेह नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ३ जेठ । धनुषाको विदेह नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का वेचन दास तत्मा र उपमेयरमा आशादेवी झा विजयी भएका छन् ।

मेयरमा दासले एकीकृत समाजवादीका राज किशोर यादवलाई नौ सय बढी मतले हराउँदै विजयी भएका हुन् ।

एमालेका तत्माले ४ हजार ४१२ मत ल्याउँदा समाजवादीका यादवले ३ हजार ४२६ मत मात्र पाए ।

साथै स्वतन्त्रबाट मेयरमा उम्‍मेदवारी दिएका गोविन्द कुमार साहले १ हजार ६४३, नेपाली कांग्रेसका योगेन्द्र प्रसाद यादवले १ हजार ६१३, जनमत पार्टीका प्रेम कुमार मंडल केवटले ५८० र माणवादी केन्द्रले ४९९ मत पाएका छन् ।

यस्तै विदेह नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी आशादेवी झाले ४ हजार ६५९ मत ल्याइन भने एकीकृत समाजवादीकी सञ्‍जना अधिकारीले २ हजार ८७० मात्र मत ल्याइन् ।