६ कार्तिक २०८३, शुक्रबार

गठबन्धन गर्नु गलत थियो: बाबुराम भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय चुनावमा गठबन्धन गर्नु गलत रहेको बताएका थिए ।

उनले गठबन्धनबाट पार्टीहरुलाई खासै फाइदा पनि नभएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद बैठकबाट निस्केपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै डा. भट्टराईले स्थानीय चुनावको गठबन्धनमा आफ्नो पहिल्यैदेखि असहमति रहेको भन्दै उनले भने, ‘स्थानीय तहका मुद्दाहरु स्थानीय जनता र नेतालाई थाहा हुन्छ । यो केन्द्रबाट टुंगो लगाउने विषय नै होइन । त्यसैले गठबन्धन उपयुक्त थिएन ।’

उनले थपे, ‘उनीहरुलाई अलिकति लाभ भयो । तर, त्यो पनि आपसमा तल मिलेजस्तो देखिएन । गठबन्धनको जे सिद्धान्त थियो, त्यो कसैले पालना गरेन ।’