
काठमाडौँ, ३ जेठ । दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी हुनुभएको छ ।
मेयरमा एमालेका उम्मेदवार जिरेलले दुई हजार नौ सय ४९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका ल्हाक्पा शेर्पाले दुई हजार ६ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयर पदमा एमालेका बुढाथोकीले तीन हजार चार सय ३४ मत र उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका तेजबहादुर तामाङले तीन हजार एक सय २० मत प्राप्त गर्नुभएको छ ।















प्रतिक्रिया