
काठमाडौँ, ३ जेठ । कास्कीको मादी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमदेवार विजयी भएका छन् । उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ ६ हजार ५८४ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवबहादुर गुरुङले पाँच हजार ७५० मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा एमाले उमेदवार कल्पना गुरुङ पाँच हजार ८२८ मत ल्याउँदै विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार लालबहादुर गुरुङले पाँच ६१६ मत पाएका छन् ।















प्रतिक्रिया