
सुर्खेत, ३ जेठ । कर्णाल प्रदेशका ७९ वटा स्थानीय तहमध्ये ४० पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म ४० पालिका नयाँ नेतृत्व विजयी भएका निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।
जसमा कांग्रेसले सबैभन्दा बढी १८ वटा पालिका प्रमुख जित्दा माओवादी केन्द्र १३ पालिकासहित दोस्रो स्थानमा रहेको छ ।
नेकपा एमालेले पाँच वटा पालिका जित्दा नेकपा (एकीकृत समाजवादी)ले तीन वटा पालिकामा नेतृत्व पाएको छ । एकजना स्वतन्त्र उम्मेदवार जिजयी भएका छन् ।
हेर्नुस् सूची:
कांग्रेसले जितेका १८ पालिका
– ठूलोभेरी नगरपालिका, डोल्पा
-तिलागुफा नगरपालिका, कालीकोट
– महाबु गाउँपालिका, दैलेख
-भैरवी गाउँपालिका, दैलेख
– चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख
– ठाँटीकाँध गाउँपालिका, दैलेख
– खार्पुनाथ गाउँपालिका, हुम्ला
– कुमाख गाउँपालिका, सल्यान
-सिद्धकुमाख गाउँपालिका, सल्यान
– त्रिवेणी गाउँपालिका ,सल्यान
– शारदा नगरपालिका, सल्यान
-कनकासुन्दरी गाउँपालिका, जुम्ला
– पातारासी गाउँपालिका,जुम्ला
– हिमा गाउँपालिका, जुम्ला
– मुगुम कार्मारोंग गाउँपालिका, मुगु
-कुशे गाउँपालिका, जाजरकोट
– शिवालय गाउँपालिका, जाजरकोट
– बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम
माओवादीले जितेका १३ पालिका
– नौमुले गाउँपालिका, दैलेख
-भगवतीमाई गाउँपालिका, दैलेख
-ताँजाकोट गाउँपालिका, हुम्ला
– नाम्खा गाउँपालिका,हुम्ला
– सिमकोटमा गाउँपालिका, हुम्ला
– पलाँता गाउँपालिका , कालीकोट
– शुभ कालीका गाउँपालिका, कालीकोट
– जगदुल्ला गाउँपालिका, डोल्पा
– मुड्केचुला गाउँपालिका, डोल्पा
– नलगाड नगरपालिका, जाजरकोट
-बनगाड कुपिण्डे नगरपालिका, सल्यान
– सानीभेरी गाउँपालिका, रुकुम पश्चिम
-सिंजा गाउँपालिका, जुम्ला
एमालेले जितेका ५ पालिका
– गुराँस गाउँपालिका, दैलेख
-डुङ्गेश्वर गाउँपालिका , दैलेख
– नारायण नगरपालिका, दैलेख
– शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा (निर्विरोध)
– जुनिचाँदे गाउँपालिका, जाजरकोट
एकीकृत समाजवादीले जितेका ३ पालिका
– काइके गाउँपालिका, डोल्पा (निर्विरोध)
– छार्काताङसोङ गाउँपालिका , डोल्पा (निर्विरोध)
-कपुरकोट गाउँपालिका, सल्यान
स्वतन्त्र -१
-खाँडाचक्र नगरपालिका, कालीकोट















प्रतिक्रिया