१ कार्तिक २०८३, आइतबार

लमजुङको बेसीसहर नगरपालिकाको मेयरमा एमालेका अर्याल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ३ जेठ । लमजुङको बेसीसहर नगरपालिकाको मेयरमा नेकपा एमालेका गुमान्सिंह अर्याल र उपमेयरमा एमालेकै पद्मा गुरुङ विजयी हुनुभएको छ । मेयर पदका उम्मेदवार अर्यालले नौ हजार चार सय ७९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका श्रीकान्त घिमिरेले सात हजार चार सय ७१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवार गुरुङले आठ हजार सात सय १४ र उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका हरिजङ्ग तामाङले चार हजार ६ सय ९९ मत प्राप्त गर्नुभएको छ ।