३० आश्विन २०८३, शुक्रबार

एमालेद्वारा राहत कोषमा ५० लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, १६ वैशाख । भूकम्पपीडितका लागि नेकपा (एमाले) द्वारा गठित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिले केन्द्रीय नेता, सभासद् र कार्यालयका कर्मचारीका तर्फबाट एकमुष्ट रु पचास लाख रकम सहयोग गर्ने निर्णय गरेको छ ।

सो रकम पार्टीले कृषि विकास बैंक कालिमाटी शाखामा रहेको ‘नेकपा (एमाले), प्राकृतिक विपत्ति राहत कोषको खाता नंं ०२१०३००७१७९१७०१० मा जम्मा गर्ने निर्णय भएको उद्धार तथा राहत केन्द्रीय समन्वय समितिले जनाएको छ ।

यस्तै, पार्टीको संसदीय दलमा आजै प्रभावित जिल्लाका उपलब्ध सभासद्को आकस्मिक बैठक गरी आवश्यक निर्देशनसमेत दिइएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

समन्वय समितिको बैठकले उपत्यकाका अस्थायी शिविरमा सरसफाइका लागि यथोचित ध्यान दिन युवा सङ्घ नेपाल, अनेरास्ववियु, पेसागत महासङ्घ नेपाल, नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) र राष्ट्रिय खेलकुद महासङ्घका नेता–कार्यकर्ताको संयोजनमा स्वयम्सेवक परिचालन गर्ने निर्णय पनि गरेको छ । उहाँहरुलाई अविलम्ब अस्थायी शिविरमा पुगेर नागरिकहरुको स्वास्थ्य, सरसफाइ र खानपानको स्थितिलाई व्यवस्थित गर्न निर्देशित गरिएको छ । रासस