नेपाल् कम्युनिष्ट पार्टी (एमाले) को आसन्न नबौ महाधिवेशनका सन्दर्भमा नेतृत्व चयन कस्तो हुने भन्ने विषयमा विबिध प्रकारका धारणहरु नेपाली राजनैतिकमा जोडतोडका साथ आएका छन् । बैचारिक सैद्धान्तिक हिसाबले जननेता कमरेड मदन कुमार भण्डारीले मार्क्सबादलाई सिर्जनात्मक युगान्तकारी नेपाली राजनीति दर्शनको मौलिक राजनैतिक कार्यक्रमका रूपमा पाँचौ महाधिवेशनमा प्रस्तुत जनताको बहुदलीय जनबाद (जवज) कै बिचारको जगमा नेकपा एमालेको सिद्धान्तको आधारमा त्यसकै व्याँजको भरमा एमाले नेपालको राजनीतिमा उदयमान शक्तिका रूपमा नेपाली जनताको लोकप्रिय जनताको भरोसा योग्य उदयमान राजनैनिक शक्ति बन्न सफल भएको छ। त्यसैको ब्याजले मात्र पनि एमाले आज मुलुकको मुल प्रवाह बनेकोछ। तर, आज (जबजको साँवा सिद्धान्त) लाई पनि अपचलन गर्ने प्रयास स्वरुप आफ्नो-आफ्नो र आफु अनुकुल मात्र भोगचलन गर्न पाउनु पर्दछ भन्ने ब्याख्या गर्ने मैदान कब्जा गर्ने प्रभाव पर्ने गलत प्रवृत्ति देखिएको छ । आफु र आफ्नो समुहको निजी भोगचलनमा प्रयोग गर्ने, जवजको सच्चा हिमायती प्रस्तुत गर्ने, अरुलाई होच्याउने प्रवृत्तिले स्वयम आफू सहित पुरै एमालेका सारा सदस्य शुभेच्छुकको भावना जबजको सिद्धान्तलाई समेत आघात पुर्याउनुका साथै मर्माहात बनाएको छ। त्यसैले जबजलाई मर्यादित ढंगले आफ्ना-आफ्ना बिचारहरु प्रस्तुत गर्ने सवालमा सबै नेता कार्यकर्ताहरुलाई आफ्ना बिचारहरु लाई सन्तुलन ढंगले प्रस्तुत गर्नजरुरी छ ।
जनताको बहुदलीय जनबादको प्रयोग, अब नेपाली समाजको रूपान्तरमा प्रयोग गर्ने औंजारका रुपमा सबै नेकपा एमालेका सदस्य, शुभेच्छुक र आम नेपालीको साझा बिचारका रूपमा रूपान्तर गर्ने दिशा तर्फ उन्मुख हुनेका लागि तमाम एमाले नेता कर्याकर्ताहरुमा नवौं महाधिवेशनको पुर्बसन्ध्यामा अपिल गर्दै केहि विषयमा गम्भीरतापुर्बक हामी एमाले ब्रान्ड भित्र छ्लफलको विषय बनाउनु पर्दछ। किन कि यो हाम्रो मात्र होइन, पुरा नेपाल र नेपालीको भाग्य र भबिष्यको सबाल हो। आगामी नेपाल र नेपालीको सिर्जनात्मक नेपाली सिद्धांतको कार्यदिशा पनि हो ।
हामीले कस्तो “जबज ” प्रयोग गर्ने ???
१. जबजलाई ,कसरी साझा बनाउने , जबज अब कसैको नाता सम्बन्धलाई जोडदै , कुनै एक समुहको मात्र हो भन्दै निजीकरण गर्ने मानसिकताबाट मुक्त भई यो समग्र एमालेको साझा सिद्धांतका रूपमा बिकाश गर्दै अग्रगामी रूपान्तर , बहुजातीय संघीयता आधारित राज्य पुनःसंरचना सहितको लोकतान्त्रिक संविधान निर्माण ।
२. जबजलाई ,समय सापेक्षक थप ब्याख्या गर्दै हाम्रो पार्टीले मार्क्सवादको मुलसार अनुसार जबज अझ समृद्धि सिद्धांतका रूपमा पुन: परिभाषित गरि पार्टीको सर्बमान्य सर्बस्वीकार्य साझा सिद्धान्त बनाऔ।
३. जबज, मुलुकको बर्तमान राजनीति मुलसार हो, जबजले नै मुलुकको बाकी कार्यभार पुरा गर्दै प्रगतिशील समाजबाद तर्फ मार्गनिर्देश गर्दछ।
३. जबजलाई श्रम र उत्पादनमा जोडनु पर्दछ । यो पेशेवारहरुको मात्र पार्टी बन्नु हुदैन, जो पार्टीमा लगेर छोराछोरी राम्रो स्कुलमा पढाउने, यश आरामको जीवनयापन गर्न सकिन्छ भनी हाम्रो पार्टी नेता बन्ने सोचलाई परिबर्तन गरि , श्रम र उत्पादन लगेकाले मात्र समाज र पार्टीको नेतृत्व गर्न सक्ने भएकाले ” मकै साहु बन्ने प्रवृत्ति भन्दा अहेव “बन्न सक्ने कर्याकर्ताहरु उत्पादन गरौं । जनताका दुख-सुखको साथी जबज हुनुपर्छ ।
४. जबज , प्रतिस्पर्धात्मक विधिमा विश्वास गर्ने भएकाले सहयोगत्माक प्रतिस्पर्धा गर्ने हुकुमी व्यबहार नगर्ने पार्टीको रुपमा रूपान्तर गर्ने, सबै नेता कार्यकर्तालाई सन्माजनक ब्यावहार गर्ने पार्टी बआनौ।
५. जबजलाई, ब्यापार ब्यवसाय, ठेक्कापट्टाबाट मुक्त गरि जनजिबीका र जनताको सुख-दुःखको साथी बनाउने । जसले गाँस बास कपास र रोजगारी ब्यवस्थापनको जबजले सम्बोधन गरोस् ।
६. जबज ,युवराजहरु उत्पादन गर्ने कारखाना भन्दा नैतिक र चरित्रवान नेता र कार्यकर्ता उत्पादनको कार खाना बनाउनु नवौं महाधिवेशनको चुनौतीको अभिभारालाई बुद्धिमतापुर्बक सम्पन्न गर्नु इमान्दार कार्यकर्ताहरुको बर्तमान कार्यभार र योग्यता हो ।जसले पार्टीलाई एक ढिक्का बनाउनु महाधिवेशनको थप जिम्मेवारी हो।
७. नेताहरुलाई सम्मान गर्ने र योग्यता र क्षमताको आधारमा नेतृत्व चयन गर्दै पार्टीलाई बैचारिक एकता सहित साझा पार्टी बनाउन सक्ने नेतृत्व स्थापित गर्ने ।
८. नेकपा एमालेको साझा सिद्धांत जबज नै भएकाले समयानुकूल सिर्जनात्मक प्रयोगलाई नेपाली समाज र जनताका पक्ष उपभोग गर्ने ।
९. बिगतका ईमान्दार नेताहरुको पहिचान गर्ने सामर्थ्य लाई निर्भीकता पुर्बक प्रयोग गर्ने । दास मनोवृत्ति निस्तेज पार्ने आदि आदि ।
(एमाले-कोशी अञ्चल सम्पर्क कमिटी)












प्रतिक्रिया