
चितवन, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का मेयरका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।
सत्ता गठबन्धनबाट नेकपा माओवादीबाट मेयरकी उम्मेदवार रेणु दाहाललाई १० तको झिनो अन्तरले लिड गरेका हुन् ।
हालसम्म ७७७७ मत गनिसक्दा सुवेदीले २८०६ ल्याउँदा दाहालले २७९६ मत ल्याएकी छन् ।
पछिल्लो विवरणअनुसार स्वतन्त्र उम्मेदवारले जगन्नाथ पौडेलले ९०३ मत पाएका छन् । यस्तै, उपमेयरमा चित्रसेन अधिकारीले ३०७६ तथा राप्रपाकी हिमला गुरुङले २२३८ मत पाएकी छन् ।















प्रतिक्रिया