पाल्पा, १६ वैशाख । पाल्पा उद्योग वाणिज्य संघले वैशाख १२ गते गएको महाभूकम्पबाट पीडित एवं प्रभावितहरुका लागि १ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सोमबार बसेको संघको आकस्मिक बैठकले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
संघले सोमबार जिल्लाका विभिन्न राजनीतिक दलहरु, संघसंस्थाहरु, पत्रकार एवं अन्य सरोकारवालाहरुसँग छलफल गरि राहत संकलनसँगै प्रदान गर्ने कार्यमा तिव्रता प्रदान गर्ने जनाएकोे थियो ।
सोही अनुसार मंगलबार जिल्ला दैविप्रकोप उद्धार समितिलाई ६५ थान त्रिपाल प्रदान गरेको छ । संघका अध्यक्ष राजु महर्जनले बुधबार ८० थान त्रिपाल वितरण गरिने बताए । वाणिज्य संघले मंगलबार राहत संकलनका लागि व्यापारीहरुसँग पुगेको र अपेक्षा अनुसार रकम संकलन भएको जनाएको छ ।















प्रतिक्रिया