
चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायम राखेकी छन्। ६१७७ मत गणना हुँदा दाहालले २२१२ मतका साथ अग्रता लिएकी हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २१८९ मत प्राप्त गरेका छन्। सुवेदीभन्दा दाहाल मात्र २३ मतले अगाडि छिन्। तेस्रोमा जगन्नाथ पौडेलले ७३२ मत पाएका छन्।















प्रतिक्रिया