
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको उपमेयरको पदमा एमालेकी सुनिता डंगोलले गठबन्धनका उम्मेदवारभन्दा चार गुणाले अग्रता लिइरहेकी छन् ।
हालसम्म ५ हजार १ सय १५ मत गणना गर्दा सुरुवातदेखि नै अग्रता लिएकी डंगोलले २ हजार बढी मत प्राप्त गरेकी छन् ।
त्यस्तै, गठबन्धनका रामेश्वर श्रेष्ठले ५८० मत प्राप्त गरेका छन् । डंगोलसँग १४२० को मतान्तर रहेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपमेयर बनेकी बिनिता मगैयाले ५१३ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।
त्यस्तै, मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहले २०१७ मत पाउँदा गठबन्धनकी सिर्जना सिंहले १००६ मत ल्याएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन् ।
हाल ३२ वटा वडा रहेको काठमाडौं महानगरको ५ वटा वडाको मतगणना जारी रहेको छ । राष्ट्रिय सभागृहमा जारी मतगणना अनुसार हालसम्म १, २, ३, ४ र ३२ नम्बर वडामा मतगणना जारी रहेको छ ।















प्रतिक्रिया